nepal ahile circle final NEW

हिरासतबाट भागे ६ थुनुवा

हिरासतबाट भागे ६ थुनुवा

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भएका छन् ।

मध्यराति करिब २ बजेतिर उनीहरुले हिरासतकक्ष फोडेर भागेको प्रहरीले जनाएको छ । फरार हुनेमध्ये दुई अवैध हातहतियार, दुई लागुऔषध र दुई सार्वजनिक अपराध कसुरमा पक्राउ परेका थिए ।

उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । सुतिरहेको अर्को थुनुवाले हल्ला गरेपछि मात्रै उनीहरु फरार भएको प्रहरीले थाहा पाएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्