nepal ahile circle final NEW

आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौँ, ११ माघ । संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान करिब ५ बजे आचार्यको निधन भएको हो ।

इलामको सूर्योदय नगरपालिका घर भएका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका थिए । आगो लागेर उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो । उनको परिवारमा श्रीमती सहित दुई छोरी रहेका छन् ।

आत्मदाह गर्नु अघि फेसबुकमा जिन्दगीका भोगाई बारेमा आचार्यले लामो स्टाटस लेखेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्