nepal ahile circle final NEW

शेर्पा भाषा पठनपाठनका लागि अनुदान

शेर्पा भाषा पठनपाठनका लागि अनुदान

मोरङ, ९ माघ । प्रदेश नं १ सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गरेका छन् ।

मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गरेका हून् । यसैगरी सडक बालबालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गरेका छन् ।

भोजपुरमा रहेको सगरमाथा नमूना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीलाई जानकारी दिए । उनले समानुपातिक विकासको अवधारणालाई अगाडि बढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राखेका छन् ।

उनले कुनै पक्षपात बिना मन्त्रालयको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्