nepal ahile circle final NEW

यस्तो छ आजको विदेशी विनिमय दर

यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौं, ९ माघ ।  नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा तोकिएको छ ।

रोपियन युरो खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसा तोकिएको छ ।  अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १६ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२४ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्