घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • नेपाल अहिले
  • माघ ८, २०७९
घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाै‌, ८ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य   प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताकाे कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएके थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

© 2026 All Rights Reserved | Nepal Ahile Media