nepal ahile circle final NEW

आज सोनाम ल्होछार, सार्वजनिक बिदा

आज सोनाम ल्होछार, सार्वजनिक बिदा

काठमाडौँ, ८ माघ । माघ शुक्ल प्रतिपदाका दिन तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिले नयाँ वर्षको रुपमा  मनाउने  सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम गरि मनाइदै छ  ।

तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका आदिवासी जनजातिले देशभर आज सोनाम ल्होछार-२८५९ मनाउँदै छन् । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा यो पर्व विशेषरुपमा मनाइन्छ । पर्वको अवसरमा  काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको बृहत तामाङ सांस्कृतिक महोत्सवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल-चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ ।

विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घसंस्थाले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्