nepal ahile circle final NEW

प्रेमीकै अगाडि जब युवतीले ब्लांकेटसँग बिहे गरिन्….

प्रेमीकै अगाडि जब युवतीले ब्लांकेटसँग बिहे गरिन्….

काठमाडौँ, ४ माघ । कतिपय मानिसका रुची तथा काम निकै अनौठा र अपत्यारिला हुन्छन् । एकजना बेलायती महिलाले आफ्ना परिवार, साथीभाई तथा प्रेमीकै अगाडि एउटा ब्लांकेटसँग बिहे गरेकी छिन् । युवतीका अनुसार ब्लांकेटसँग उनको पहिलो नजरमै प्रेम बसेको थियो ।

ती युवतीको नाम पास्कल सेलिक हो । ब्लांकेटसँगको आफ्नो नाता सबैभन्दा उत्कृष्ट नाता रहेको उनको दाबी छ । ब्लांकेटले पहिलो नजरमै आफ्नो हृदयमा कब्जा जमाएको उनको जिकिर छ ।

आफ्नो ब्वायफ्रेण्डकै र परिवारकै अगाडि एउटा निर्जिव ब्लांकेटसँग ती युवतीले बिहे गरेको भिडियो सोसल मिडियामा सार्वजनिक भएसँगै त्यसले अनेक खालका प्रतिक्रिया जन्माएको छ ।

समाचार अनुसार उनले सन् २०१९ को भ्यालेन्टाइन डे को अवसरमा एक खुल्ला विवाह समारोहको आयोजना गरेकी थिइन् । पहिलो नजरमै प्रेम बसेर आफुले बिहे गरेको ब्लांकेटलाई उनी सबैभन्दा बफादार जीवनसाथी मान्छिन् ।

डेली स्टारका अनुसार उनले बेलायतको एक्सेटरमा ब्लांकेटसँग बिहे गरेकी थिइन् र उक्त बिहेमा आफ्नो ब्वायफ्रेण्ड र परिवारका सदस्यलाई पनि निम्ता गरेकी थिइन् ।

एक टेलिभिजन कार्यक्रममा उनले ब्लांकेटसँगको आफ्नो सम्बन्धका बारेमा खुलासा गर्दै आफुलाई सबैभन्दा धेरै न्यायो र तातो त्यहीँ ब्लांकेटले प्रदान गर्ने बताइन् ।

ब्लांकेट आफ्नो लागि जीवनसाथी जस्तै रहेको भन्दै उनले आफ्नो सुखदुखमा आफुसँग ब्लांकेट नै रहने बताउँछिन् । आफुले ब्लांकेटसँग बिहे गर्नुको खास कारण आफ्नो ब्वायफ्रेण्डलाई पनि जानकारी रहेको उनको भनाई छ ।

उनी भन्छिन्, ‘मेरो प्रेमी जोनीलाई थाहा छ कि मैले कला तथा एक सन्देश दिनका लागि ब्लांकेटसँग बिहे गरेकी हुँ । हाम्रो सम्बन्ध वास्तवमै प्रेमले भरिएको छ । उसलाई मेरो ब्लांकेटसँग आरिस छैन, बल्कि म प्रति उसलाई गर्व छ ।’एजेन्सीको सहयोगमा

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्