
|तस्बिर :अनुज सापकोटा
नेपाल अहिले, २५ पुष । विराटनगरको टङ्कीसिनवारीमा रहेको बाबा विश्वकर्मा मन्दिरमा सर्वसाधारणको आकर्षण बढेको छ ।
नेपाल विद्युत प्राधिकरण विराटनगर–२ स्थित विराटनगर वितरण केन्द्रको परिसरमा रहेको मन्दिर रातको समयमा विजुलीको रङ्गीचङ्गी प्रकाशले झिलिमिली र आकर्षक देखिएपछि अवलोकन गर्नेको संख्या बढ्न थालेको हो ।
यस क्षेत्रको एक मात्र उक्त विश्वकर्मा मन्दिरमा विश्वकर्मा बाबाको दर्शन गर्नेको संख्या बढ्दै गएको छ ।
