nepal ahile circle final NEW

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, १७ पुष । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु पाँचले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्