nepal ahile circle final NEW

थिएटरमा नभई ओटीटीमा आफ्ने भविष्य खोज्दै यी अभिनेता

थिएटरमा नभई ओटीटीमा आफ्ने भविष्य खोज्दै यी अभिनेता

मुम्बई, १७ पुस । सन् २०२२ मा एकपछि अर्को गर्दै ठूला बजेटका फिल्म फ्लप भए । जसकारण बलिउडका कलाकार ओटीटीतिर नजर बढाइरहेका छन् । कुनै समय पर्दामा आफ्नो नामलाई हिट बनाएका कलाकार अहिले धमाधम ओटीटीमा आफ्ना फिल्म रिलिज गरिरहेका छन् । सन् २०२३ मा कैयौं कलाकार थिएटरमा नभई ओटीटीमा भविष्य खोज्न देखिँदैछन् ।

बरुण धवन

सन् २०२२ अघि फिल्म थिएटरमा रिलिज भएपछि मात्र टेलिभिजन तथा ओटीटीमा रिलिज हुन्थे । तर समयको परिवर्तनसँगै चलन पनि उल्टो चल्न थाल्यो । यहीकारण बलिउडमा बद्लिएको ट्रेन्डलाई पछ्याउँदै अभिनेता वरुण धवन पनि सन् २०२३ मा ओटीटी डेब्यू गर्दैछन् । सन् २०२३ मा वरुण अमेजन प्राइम भिडियोको ‘सिटाडेल इण्डिया’ मा देखिँदैछन् ।

आदित्य रोय कपूर

बलिउड बक्सअफिसमा कैयौं फ्लप फिल्म दिएपछि अब आदित्यले ओटीटीतिर नजर बढाएका छन् । उनी डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘द नाइट मेनेजर’मार्फत ओटीटी डेब्यू गर्दैछन् ।

Aditya Roy Kapur Wiki, Age, Girlfriend, Family, Biography & More - WikiBio

सिद्धार्थ मल्होत्रा

सिद्धार्थ मल्होत्राको पछिल्लो फिल्म ‘थ्यांक गड’ बक्सअफिसमा पूर्ण असफल साबित भएको थियो । यो फिल्मपछि सिद्धार्थ ओटीटीमा ‘इन्डियन पुलिस फोर्स’मार्फत दर्शकमाझ आउँदैछन् ।

सिद्धार्थ मल्होत्रा का जीवन परिचय। | Sidharth Malhotra Biography in Hindi

शाहिद कपुर

अभिनेता शाहिद कपूर फिल्म ‘जर्सी’पछि सन् २०२३ मा ओटीटी वेब सिरिज ‘फर्जी’मा देखिँदैछन् । उनले बलिउड बक्सअफिसको अवस्थालाई मध्यनजर गर्दै ओटीटीको बाटो अपाएका हुन् ।

करण जौहरसँग काम गर्दिन : शाहिद कपूर « Lokpath

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्