nepal ahile circle final NEW

सात दिनभित्र नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

तीज नारी सार्मथ्यलाई अभिब्यक्त गर्ने माध्यम: राष्ट्रपति भण्डारी

काठमाडौं, ०३ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

सात दिनको समय दिएर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको ब्यहोरा अनुरोध छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्