nepal ahile circle final NEW

टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो पहिलोपटक निर्माण गरिएको रनिङ ट्रफी

टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो पहिलोपटक निर्माण गरिएको रनिङ ट्रफी

पोखरा ३, कार्तिक । विभागिय टोली त्रिभुवन आर्मी क्लव नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदकसहित यसपाली समेत उपाधि कब्जा गरेको हो  ।

आर्मीले १  सय ७२ स्वर्णसहित १ सय ९ रजत र  ८९ कास्य पदकसहित ३ सय ७० पदकका साथ पहिलोपटक निर्माण गरिएको रनिङ ट्रफी प्राप्त गर्यो । आर्मीले यसपटक  ह्याट्रिक पुरा गरेको छ । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो ।

६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित २ सय १८ पदकका साथ शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्यपदक सहित १ सय ९५ पदकका साथ् नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्य पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित १ सय २० पदक हासिल गर्दै  समग्रमा चौथो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदकका साथ् पाँचौं स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदकसहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७कास्य पदकसहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्यप दकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ । मधेष प्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ ।

मधेष प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो । सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताउनुभयो  ।

गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाण्डौंमा भएको थियो । प्रतियोगिताको  २८ असोजमा औपचारिक उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्