
|फाइल तस्बिर : सामाजिक संजाल
नेपाल अहिले , ३० असोज । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत हुनुहुन्थ्यो । ‘
शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उहाँको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिनुभयो ।
अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उहाँकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।
जोशी मदन पुरस्कार तीन पटक पाउने एक मात्र व्यक्ति हुनुहुन्छ । उहाँले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।
