nepal ahile circle final NEW

कास्की -२ बाट एमाले नेत्री विद्याको नेतृत्वमा उम्मेदवारी दर्ता

कास्की -२ बाट एमाले नेत्री विद्याको नेतृत्वमा उम्मेदवारी दर्ता

पोखरा, २३ असोज । नेकपा एमालेले कास्की क्षेत्र नं २ मा आफ्ना उम्मेदवारहरुको मनोननयन दर्ता गराएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले नेत्री विद्या भट्टराईले कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेकपा एमालेबाट प्रदेश सभा तर्फ २ को ‘क’ मा नेता भीम कार्की र २ ‘ख’ मा नेत्री मीना गुरूङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले उम्मेदवारी दर्ता गर्नुभयो ।

गठबन्धनबाट प्रदेश सभा तर्फ क्षेत्र नं २ को ‘क’ मा नेपाली कांग्रेसबाट गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहनुभएका विन्दु कुमार थापा र २ ‘ख’ मा नेकपा माओबादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले उम्मेदवारी दर्ता गराउनुभयो ।

मनोनयन दर्ताका क्रममा गठबन्धन र एमालेका उम्मेदवारले एकअर्कामा शुभकामना साटासाट गर्दै सामुहिक तस्बिर खिचाएका थिए । उम्मेदवारी दर्ताका  उम्मेदवारहरु  कास्की क्षेत्र नं २ को निर्बाचन कार्यालय रहेको पोखरा सभागृहमा आफ्ना समर्थकमाझ र्‍यालीसहित पुगेका थिए ।

यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेदवारी परेको छ, भने हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा(क) का लागि चेतबहादुर महतको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्