पुर्व राजाको ‘दुई मुटु यौटा वाटो’ कृति प्रकाशनमा

  • नेपाल अहिले
  • भाद्र ८, २०७९
पुर्व राजाको ‘दुई मुटु यौटा वाटो’ कृति प्रकाशनमा

|फाइल तस्बिर

काठमाडौं, ८ भदौ । पुर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा वाटो’ कृति प्रकाशनमा आएको छ ।

सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उहाँका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गर्नुभएको छ  ।

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिनुभयो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media