पेटभित्र लुकाएकाे एक किलो सुनसहित भारतीय नागरिक पक्राउ 

पेटभित्र लुकाएकाे एक किलो सुनसहित भारतीय नागरिक पक्राउ 

काठमाडौं I अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो ।

त्यसछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

प्रतिक्रिया दिनुहोस्

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्