nepal ahile circle final NEW

लोकसंस्कृतिको जगेर्ना र विकासमा महानगरको साथ: मेयर आचार्य

लोकसंस्कृतिको जगेर्ना र विकासमा महानगरको साथ: मेयर आचार्य

पोखरा, १२ साउन ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासमा महानगर हातेमालो गर्न तयार रहेको बताउनुभएको छ ।

स्वर्गीय स्वर्गीय कल्याण शेरचनको ७६ औँ जन्म जयन्तीका अवसरमा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता तथा स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम २०७९ को बिहीबार उद्घाटन गर्दै मेयर आचार्यले यस्तो बताउनुभएको हो ।

स्वर्गीय कल्याण शेरचनको अधुरो सपना पुरा गर्ने उद्देश्यका साथ पोखरामा दोहोरी प्रतियोगिता गर्दै छौँ भनेर आयोजकले भन्नासाथ महानगरले सहयोग गर्ने बचन दिएको स्मरण गर्दै मेयर आचार्यले असल मनसायका साथ कार्यक्रमको आयोजना गर्ने आयोजक संस्था, सहयोगी संस्था तथा सहभागी कलाकार सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वर्गीय शेरचनको योगदानको चर्चा गर्दै उहाँले शेरचन लोकगीत संगीतका एक असल नक्षत्र भएको बताउनुभयो । शेरचन नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक किसिमको स्वाद र शैली भित्र्याउन सफल स्रष्टाका रूपमा चिनिँदै आएको उल्लेख गर्दै उहाँले शेरचनलाई गीत सङ्गीतको क्षेत्रका अलौकिक बिम्बको रूपमा चित्रण गर्नुभयो । आचार्यले स्वर्गीय  शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिबद्ध चिन्तकका रूपमा उल्लेख गर्नुभयो  ।

‘शेरचनले यातायातको सहज साधन नभएको समयमा २०२० सालमा काठमाडौँमा रेडियो नेपालमा गएर ‘किन रोयौ दमिनी भाउजू दमै दाइले कुटेर ट्याम्को फुटेर’ भन्ने बोलको गीत उहाँले गाउनुभयो त्यही उहाँ पुरस्कृत हुनुभयो । उहाँ निरन्तर गीत संगीतको क्षेत्रमा लाग्दै गर्दा उहाँको पहिलो गीत २०३२ साल रेकर्ड भएको हामीले पाउँछौ । त्यसपछि थुप्रै कालजयी गीत गाएर नेपाली गीत संगीतको क्षेत्रलाई भरिपूर्ण बनाउन उहाँ लाग्नुभयो’, मेयर आचार्यले भन्नुभयो ।

अरूलाई अगाडी सारेर आफू पछाडि बस्ने स्वभावका शेरचनले जीवन गीतसंगीत प्रति समर्पित गरेको बताउँदै उहाँका सपना पोखरामा आयोजित उक्त कार्यक्रमले पुरा गर्ने विश्वास मेयर आचार्यले व्यक्त गर्नुभयो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा तिन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई आयोजकले लोक स्रष्टाहरूको कुम्भमेला भनेको छ । सो क्रममा विभिन्न लोकसंस्कृतिकर्मीहरूलाई सम्मान समेत गरिएको छ भने, सयौँ लोकसंस्कृतिकर्मीहरूको प्रत्यक्ष सहभागिता रहेको छ ।

स्व शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र…,सुखी ज्यानलाई गुँदरी काम्लो…, आहा कलिलो तामालाई सोध रामलाई…, ऐ भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल लगायतका गीत जनजिब्रोमा झुन्डिँदै आएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्