• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

पोखरा महानगरमा घर भाडासहितका करमा छुटै छुट, पार्किङ निःशुल्क, विज्ञापन कर नलिने !

नेपाल अहिले-नेपाल अहिले
असार २७, २०७९
6.5k
SHARES

२७ असार, पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरले उल्लेख्य रूपमा करको दर घटाउन लागेको बताउनुभएको छ । नागरिकहरूको राय सल्लाह र सुझावलाई लिएर महानगरले संकलन गर्दै आएको सम्पति कर, व्यवसाय कर, घर भाडा कर लगायतका कर घटाइएको बताउनुभएको हो । हिजोमात्र पारित भएको  नयाँ बजेटका सन्दर्भलाई लिएर पोखरा महानगरले सोमबार राखेको पत्रकार सम्मेलनमा बोल्दै मेयर आचार्यले साउन १ गतेबाट लागू हुने गरी महानगरले नागरिकहरूको चासोको विषयका करहरू घटाएको जानकारी दिनुभयो ।

‘ .. हामीले नागरिकको चासोको विषय रहेका महत्त्वपूर्ण क्षेत्रको करको दरहरूलाई घटाएका छौँ । सम्पति करलाई विगतमा भन्दा हामीले घटाएका छौँ, व्यवसाय करलाई घटाएका छौँ, घर बहाल कर धेरै नै घटाएका छौँ’, मेयर आचार्यले भन्नुभयो । उहाँले घर भाडामा बस्ने व्यक्तिको हकमा ३ प्रतिशत, व्यवसायको हकमा ५ प्रतिशत र लिमिटेड कम्पनीको हकमा ७ प्रतिशत घर बहाल कर निर्धारण गरिएको बताउनुभयो । अन्य करको हकमा समय अनुकूल हुने गरी निर्धारण गरिएको र  त्यो छिटै नै महानगरले सार्वजनिक गर्ने  उहाँले बताउनुभयो ।

मेयर आचार्यले पार्किङको विषयमा धेरै नै गुनासो आएकोले चालु अवस्थामा रहेको पार्किङको ठेक्का समय सकिएपछि नि:शुल्क गरिने बताउनुभयो । लिमिटेड कम्पनी र कानुनले व्यवस्था गरेको होर्डिङ बोर्ड बाहेक व्यक्ति र पसल व्यवसायले व्यवसायको प्रवर्धन गर्न राखेका बोर्डमा विज्ञापन कर नलिने गरी संशोधन गरिएको मेयर आचार्य ले बताउनुभयो ।

पोखरा क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने गरी निर्माण गरिएका घरहरूमा पार्किङ नभई गोदाम र व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गुनासो सुनिँदै आएकाले त्यस्ता घरका धनीलाई निश्चित समय तोकेर पार्किङ गर्ने व्यवस्था मिलाउन निर्देशन दिने बताउनुभयो ।

उहाँले महानगरले करको दर घटाएर दायरा फराकिलो बनाउन लागेको बताउनुभयो । पोखरामा निर्धारित मापदण्ड भन्दा बढी तला हुने गरी निर्माण भइसकेका घरहरूलाई करको दायरामा ल्याइने र मापदण्ड माथिका तला अनुसार कर संकलन गरिने बताउनुभयो ।

‘पोखरामा यस अगावै घर निर्माण गरी सम्पन्न नलिएका घरहरूको हकमा त्यस्ता घरका माथिल्लो तला काटेर फाल्न सक्ने सामर्थ्य महानगरसँग हाल छैन’, ‘मेयर आचार्यले भन्नुभयो हामीले त्यस्ता घर तथा भवनलाई कानुनी रूपमा दायरामा ल्याएर उच्च कर निर्धारण गरी कर संकलन गर्नेछौँ ।’

मेयर आचार्यले साउन १ गतेबाट बल्ल महानगरमा देखिने गरी काम हुने दाबी गर्नुभयो । हाल आर्थिक वर्ष अन्तिम चरणमा रहेकाले ठूला काम गर्न बजेट अभाव रहेको बताउँदै ठुला र देखिने काम साउन १ गतेबाट हुने बताउनुभएको हो । ‘‘हाम्रो पहिलो काम भनेको डाटा कलेक्सन हो, अहिले त्यसमा काम गरिरहेका छौँ । देखिने गरी साउन १ गतेबाट काम हुन्छ’, मेयर आचार्यले भन्नुभयो ।’

महानगरले आर्थिक वर्ष ०७९/८० का लागि ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याएको महानगरले करको दर भने उल्लेख्य रूपमा घटाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

माघ १४, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ १४, २०७९
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९

सिफारिस

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?

रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविले दिए पदबाट राजीनामा

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

माघ १३, २०७९

साताको ट्रेन्डिङ

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

माघ १२, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

माघ १३, २०७९
तस्बिरमा उहिलेको पोखरा

तस्बिरमा उहिलेको पोखरा

माघ ७, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
डोटीका किसान सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहिएपछि…..

माघ १२, २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

माघ १२, २०७९

ताजा खबर

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

माघ १४, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ १४, २०७९
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक: गणेश बराल (ढाकामोहन)

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist