सरकारले मलाई जेल हाल्न खोज्दैछः इमरान खान

  • नेपाल अहिले
  • जेष्ठ २५, २०७९
सरकारले मलाई जेल हाल्न खोज्दैछः इमरान खान

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाउनु भएकाे छ । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वातस्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताउनु भएकाे छ ।

‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उहाँले भन्नुभएकाे छ ।

वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उहाँले दाबी गर्नुभयाे । ’नक्कली’ फर्स्ट इन्फर्मेशन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उहाँले आग्रह गर्नुभयाे ।

निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि उहाँले समर्थकहरुलाई अनुरोध गर्नुभएकाे थियाे । प्रधानमन्त्री शहबाज शरीफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको प्रसंग कोट्याउदै पूर्वक्रिकेटरसमेत रहेका इमरानले अभियुक्त आफ्नै मुद्दामा न्यायाधीश बनेको आरोप लगाउनु भयाे ।

© 2026 All Rights Reserved | Nepal Ahile Media