युक्रेनको रक्षा गुप्तचर प्रमुख मेजर जनरल किरिलो बुडानोभका अनुसार ब्ल्याक सी र क्यास्पियन सीको बीचको क्षेत्र काकेशसमा उनको हत्याको ‘असफल’ प्रयास भएको थियो । रुसले युक्रेनमाथि २४ फेब्रुवरीमा हमला गरेपछि हत्या प्रयास भएको जनाइएको छ ।
‘पुटिनको हत्या गर्ने प्रयास भएको थियो । उनीमाथि काकेशसका प्रतिनिधिहरूले पनि आक्रमण गरेका थिए, धेरै समय अघि होइन’, बुडानोभलाई उद्धृत गर्दै एक युक्रेनी सञ्चार माध्यमले जनाएको छ ।
उनले अगाडि थपे, ‘यो गैर–सार्वजनिक जानकारी हो । (यो एउट) बिल्कुल असफल प्रयास थियो, तर यो साँच्चै भयो … करिव २ महिनाअघि ।’
बुडानोभसँगको पूरा अन्तर्वार्ता मंगलबार प्रसारण हुनेछ ।
पछिल्लाे समयमा राष्टपति पुटिनकाे स्वास्थ अवस्थालाई लिएर अमेरिकी सञ्चार माध्यमहरूले टिकाटिप्पणी गर्दै आएका छन् । पुटिनलाई क्यान्सर र पार्किन्सन भएकाे हुन सक्ने ती सञ्चार माध्यमले अनुमान गरेका छन्









