
टोकियो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको राजधानी टोकियो प्रस्थान गर्नुभएकाे छ । जापानी प्रधानमन्त्री फुमिको किसिदाको निमन्त्रणामा प्रधानमन्त्री मोदी जापान प्रस्थान गर्नुभएकाे हाे ।
टोकियो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट वार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेन आइतबार टोकियो पुग्नुभएकाे छ । त्यसअघि बाइडेनले दक्षिण कोरियाको भ्रमण गर्नुभएकाे थियाे ।
दक्षिण कोरियाली समकक्षीसँग भेटवार्ता पछि बाइडेनले पत्रकार सम्मेलनमा बोल्दै उत्तर कोरियाले अमेरिकाले गरेको कोभिड खोपको प्रस्तावलाई बेवास्ता गरेको बताउनु भएकाे थियाे ।
हाल उत्तर कोरियामा कोभिड संक्रमण बढेको छ । कोभिडबाट लाखौँ संक्रमित भइरहेका बेला अमेरिकाले खोप प्रस्ताव गरेको हो ।
