शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु

  • नेपाल अहिले
  • जेष्ठ ७, २०७९
शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको शिकागोमा भएको बन्दुक हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

फास्ट फूड रेस्टुरेन्ट बाहिर झगडापछि भएको बन्दुक हमलामा अन्य १० जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शिकागोका प्रहरी प्रवक्ता टम एहर्नले भने, ‘शुक्रबार राति ११ बजेतिर त्यहाँ केहीले एकपछि अर्को गर्दै बन्दुकको गोली चलेको सुनेका थिए ।’ आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि न्युयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media