उत्तर कोरियामा थप २ लाख ६९ हजारमा ज्वरो

  • नेपाल अहिले
  • जेष्ठ ३, २०७९
उत्तर कोरियामा थप २ लाख ६९ हजारमा ज्वरो

|फाइल तस्वीर ।

प्याेङयाङ । उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ ।

राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ ।

उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ ।

हालम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ ।

सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो ।

सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ ।

हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि तत्काल कदम चाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

समूहको उदेश्य राजधानी प्योङयाङमा व्याप्त जनस्वास्थ्य संकटलाई कम गर्ने रहेको बताएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media