उत्तर कोरियामा भयावह बन्दै कोभिड

  • नेपाल अहिले
  • जेष्ठ २, २०७९
उत्तर कोरियामा भयावह बन्दै कोभिड

|फाइल तस्वीर ।

प्योङयाङ । उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ ।

कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् ।

एक साताअघि फैलिएको कोभिडका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ ।

महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ ।

उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् ।

रोक नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media