पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

  • नेपाल अहिले
  • बैशाख २८, २०७९
पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

न्युयोर्क । अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गर्नुभएकाे छ।

अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राख्नुभएकाे हाे ।

रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने बताउनु भएकाे छ ।

रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहरू प्राप्त गर्न चाहेको उहाँले बताउनु भयाे ।

पछिल्लो समयमा रुसले पूर्वी युक्रेनमा हमला गरेको छ ।

२४ फेब्रुवरीदेखि भएको रुसी हमलामा लाखाौँ युक्रेनी विस्थापित भएका छन् ।

यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले रुसी हमलामा अहिलेसम्म ३ हजार १५३ जनाको मृत्यु भएको जनाएको छ ।

युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान गरिएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media