nepal ahile circle final NEW

अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ

अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ

न्युयोर्क । महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ ।

अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।

प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् ।

२०२२ मा ५० लाख भन्दा बढीमा संक्रमण देखिएको थियो ।

देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई तीब्र पारेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्