nepal ahile circle final NEW

नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

काठमाडौं, ९ वैशाख । जेठ २२ देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।

बैठक बारे निर्णय सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ३६ खेल समावेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजना सँगै १९औँ एसियाली खेलकुदमा सहभागी हुने खेलको पनि टुङ्गो लगाएको हो । यसका अलावा बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत पारित गरेको छ ।

राष्ट्रिय खेलकुदमा ३६ खेल तथा दुई प्रदर्शनी खेल समावेश गरिने भएको छ।  क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारोत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराँते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कनट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुदमा समावेश गरिने छ ।

छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा राखिएको छ । यस्तै क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरू आउटडोरमा हुनेछन् र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ ।  सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताउनुभयो  । साथै उहाँले स्थानीय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताउनुभयो।

प्रदेशको खेलाडी छनोटका लागि सङ्घीय प्रदेश, विभागीय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको छ । जेठ १० गतेभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नु पर्ने मिति तोकिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्