nepal ahile circle final NEW

भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा

भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा

चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएकाे छ ।

स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उहाँले बिहीबार राजीनामा दिनुभएकाे हाे ।

नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बन्नुभएका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिनुभएकाे हाे ।

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिनुभएकाे हाे ।

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

उहाँले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गर्नुभयाे ।

उहाँले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएकाे थियाे ।

सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

उहाँ भरतपुर महानगरपालिका-१२ का स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्