nepal ahile circle final NEW

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर विजयी

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर विजयी

सिन्धुपाल्चोक, ३० फागुन । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन् । दाेस्राे चरणकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् ।

कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएकाे निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएकाे थियाे । प्रेमध्वज लामा पहिलाे चरणबाट बाहिरिएका थिए ।

पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न सकेनन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्