nepal ahile circle final NEW

नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो, परिक्षण गरिएकामध्ये १७.५५ प्रतिशतमा संक्रमण

कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

काठमाडौं, २४ माघ। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार सोमबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको हो ।

नेपालमा हालसम्म ६२ लाख ७८ हजार ७४८ जनामा कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ५२ लाख ८३ हजार ३७२ जनाको पीसीआर र ९ लाख ९५ हजार ३७६ जनाको एन्टीजेन विधिबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।

नेपालमा कोरोना परिक्षण गरिएकामध्ये १७.५५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा रहेका कोरोना संक्रमतिमध्ये ९ लाख १५ हजार ४८९ जना निको भइसकेका छन् । नेपालमा कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ८२७ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाका कारण हुने मृत्युदर १.३ प्रतिशत रहेको छ । अर्थात संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको छ ।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित २०७६ माघ महिनामा भेटिएका थिए । त्यसपछि आजसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख नाघेको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्