nepal ahile circle final NEW

अपांगता केन्द्रमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा ब्ल्यांकेट वितरण

अपांगता केन्द्रमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा ब्ल्यांकेट वितरण

काठमाडौं, २३ माघ। यूथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा नि:शुल्क स्वास्थ्य शिविर तथा ब्ल्यांकेट वितरण गरेको छ ।

केन्द्रमा रहेका ८२ जना अपांगता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि बल्यांकेट वितरण गरिएको हो । डाक्टर्स होमसँगको सहकार्यमा स्वास्थ्य परीक्षण पश्चात् औषधिसमेत नि:शुल्क वितरण गरिएको यूथ फर नेशनका अध्यक्ष डा. निकोलश भुसालले जानकारी दिए ।

केन्द्रका ३० जनाले दन्त १२ जनाले विभिन्न किसिमका घाउ र पाँच जनाले कानको परीक्षण गराएका छन् । ३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणकै क्रममा अपांगता केन्द्रमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्