nepal ahile circle final NEW

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मलेसियाको बाढीमा ४६ जनाको मृत्यु

काठमाडौं, २३ माघ। साँफे–मार्तडी सडकखण्ड अन्र्तगत बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् ।
उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ ।

फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्