nepal ahile circle final NEW

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा

बैतडी, १४ पुस। बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे ।
हिमपात अहिले पनि जारी छ ।

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए ।

बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्