nepal ahile circle final NEW

ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

कपिलवस्तु, १४ पुस। कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएकाे हाे । मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।

पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्