nepal ahile circle final NEW

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह

जुम्ला, १४ पुस। जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जुम्ला प्रशासनले चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् ।

‘बालबालिका र बृद्धबृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरिएकाे छ,’ उनले भनिन् ।

प्रशासनले कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि भनेकाे छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्