nepal ahile circle final NEW

नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला

नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला

काठमाडौं, ९ पुस। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले न्युज कारखानासँग भने ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ ।

तस्बिर : यादवको फेसबुकबाट

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्