nepal ahile circle final NEW

नवनिर्मित क्लिनिक भवन वडालाई हस्तान्तरण

नवनिर्मित क्लिनिक भवन वडालाई हस्तान्तरण

सिमकोट, ९ पुस। सर्केगार्ड गाउँपालिकाले वडा कार्यालयलाई क्लिनिक भवन हस्तान्तरण गरेकाे छ । समुदायलाई स्वास्थ्य सेवा सुलभ रुपमा प्रदान गर्न सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको हो ।

वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद जैसीले नयाँ भवन उपलब्ध भएपछि स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा सहज भएको बताए । सर्केगाड गाउँपालिका ७ का स्थानीय नागरिकको मागअनुसार क्लिनिकका लागि नयाँ भवन निर्माण गरी हस्तान्तरण गरिएका स्नोल्यान्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए ।

भवन निर्माणका लागि गुड नेवर्स इन्टरनेसनल नेपालको १५ लाख १ हजार ४६२, सर्केगार्ड गाउँपालिकाको ५ लाख र स्थानीयको जनश्रमदान ४ लाख ९६ हजार ७०८ रुपैयाँ लागत गरी २४ लाख ९८ हजार १७१ बजेट खर्च भएको छ।

क्लिनिकलाई आवश्यक भवन निर्माणका लागि त्रिपक्षीय लागत साझेदारी गरिएको र बिरामीको चेकजाँच र गर्भवती तथा सुत्केरीको उपचार गर्ने व्यवस्था गरिएको छ । भवनमा क्लिनिक सञ्चालनका लागि आवश्यक उपकरण, फर्निचर र सामग्री पनि सहयोग गरिएको जनाए ।

क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा सामुदायिक क्लिनिक निर्माण भएर हस्तान्तरण भइसकेकाले सर्केगार्ड गाउँपालिका-७ अब आवश्यक थप दक्ष जनशक्तिका लागि गाउँपालिका र प्रदेश सरकारसँग माग गर्ने अध्यक्ष अध्यक्ष कृष्णप्रसाद जैसीले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्