nepal ahile circle final NEW

थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

आज पिपलमा जल चढाउनु उत्तम, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

काठमाडाैं, ९ पुस, २०७८ । २४ डिसेम्बर, शुक्रबार । पौषकृष्णपक्ष पञ्चमी, मघा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा सिंह राशिमा छ । आजको देवता यमराज, ग्रहदेव शनि रहेको छ । आज सूर्योदय बिहान ६ः५३ मा भएकाे छ भने सूर्यास्त ५ बजेर १३ मिनेटमा हुनेछ ।

शुक्रबारका दिन आर्थिक लगानी हुने काम नगर्दा राम्रो हुनेछ । वैदेशिक रोजगारीको काममा पनि शुक्रबार राम्रो मानिन्छ । आज १०ः४६ देखि १२ः०४ सम्म राहुकाल रहेको छ । ११ः४३ देखि १२ः२४ को समयमा अभिजित मुहूर्तले पनि छोएको छ । शुक्रबारको दिन मनोरन्जनात्मक कामका समय दिनुभयो भने राम्रो मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । कसैको अहित हुने कुरा मनमा नराख्नु होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ । नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको शुभ छ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज तपाईंलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईंले जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने तपाईंलाई सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले निकै खुसी तुल्याउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्धलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जलअर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईंको लागि मनोरञ्जन दिनेछ । सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मान सम्मान मिल्ने संभावना छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी ब्यक्तिलाई खान दिने र बालबालिकाहरुलाई अध्ययन सामग्री दिनुभयो भने तपाईमा हर्ष छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । आजको दिन व्रत बस्नु भयो भने निकै फलदायी हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्