nepal ahile circle final NEW

कास्कीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्कीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा न्यूज । कास्कीको नौडाँडामा गएराति सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर उक्त स्थानमा रोकेर राखेको सवारीसाधन बोक्ने ट्रेलरमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

गएराति ११:५५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कास्कीको अन्नपूर्ण गाउँपालिका -१ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोहि ठाउँका स्कुटर चालक ३० वर्षीय कृष्ण सुवेदीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी तिवारीले पोखरा न्यूजलाई बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागि राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्