nepal ahile circle final NEW

पहाडमा बदली, तराईमा हुस्सु

पहाडमा बदली, तराईमा हुस्सु

काठमाडौं, ७ पुस। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेकाे छ ।

 

दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

 

बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्