nepal ahile circle final NEW

एमाले अध्यक्ष ओली कपिलवस्तुमा, पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्ने

सर्वदलीय बैठकमा ओली नजाने, यस्ता छन् तर्क

बुटवल, ६ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् ।

सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेकाे सभालाई सम्बाेधन गर्ने भएका हुन् ।

ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिए । अध्यक्ष ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए ।

कपिलवस्तुको कार्यक्रमलाई सम्बाेधन गरेपछि उनी काठमाडौं फर्किने बताइएको छ । कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीले बताए । विभिन्न पार्टीका कार्यकर्ताले एमाले प्रवेश गर्ने भनेर नाम टिपाइरहेको पनि उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्