nepal ahile circle final NEW

फिलिपिन्समा राई आँधीमा २०८ जनाको मृत्यु, ३ लाख विस्थापित

फिलिपिन्समा राई आँधीमा २०८ जनाको मृत्यु, ३ लाख विस्थापित

एजेन्सी / मनिला। फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् ।

राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ ।

‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने । प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन् ।

आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्