nepal ahile circle final NEW

कास्कीमा हत्या गरी फालेको अवस्थामा शव फेला, युवक पक्राउ

कास्कीमा हत्या गरी फालेको अवस्थामा शव फेला, युवक पक्राउ

बागलुङ, ५ ।  कास्की प्रहरीले आफू सँगै हिँड्ने व्यक्तिको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका ६ लहरे पिपल घर भई भिक्षा माग्दै हिँड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको आरोपमा बागलुङ नगरपालिका ९ कुवापानीका ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अर्जुनले कास्कीको अन्नपूर्ण गाउँपालिका -१० घान्द्रुक स्थित चिहान घाटमा रहेको ट्रस्ट भित्र आफू सँगै हिँड्ने शिवको हत्या गरी फालेको अवस्थामा शनिबार शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरी एक आपसमा झगडा हुँदा अर्जुनले कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्