nepal ahile circle final NEW

भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियाे ओमिक्राेन

भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियाे ओमिक्राेन

कर्नाटक,४ पुस । भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएकाे छ । कर्नाटक र महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ४३, दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुज्रातमा सात र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ । त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम वंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ ।

कर्नाटकमा संक्रमित ६ मध्ये एक जना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलनमा छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्