nepal ahile circle final NEW

मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि

सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व

काठमाडौं, ३ पुस। नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् ।

शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । १५८९ मत गणना हुँदा कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि नपाएका एनपी साउद कोइराला भन्दा पछिको मत पाइरहेका छन् ।

उनले १०२२ मत पाएका छन् । उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले ९७५ मत पाएका छन् ।

खाँणपछि सभापति देउवाकै गृहप्रदेशका रमेश लेखकले ९६९ मत पाएका छन् । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ९५५ मत पाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्