nepal ahile circle final NEW

प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट

प्रधानमन्त्री महिला कप क्रिकेट : प्रदेश १ को फराकिलो जित  न्युज कारखाना

कामाडौं, ३ पुस। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ ।

प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएका थिए । प्रदेश १ का लागि अलिशा खडियाले ५ विकेट लिइन् । यस्तै, संगीता राईले दुई र सवनम राईले एक विकेट लिइन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्