nepal ahile circle final NEW

आज पिपलमा जल चढाउनु उत्तम, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

आज पिपलमा जल चढाउनु उत्तम, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

काठमाडौं, ३ पुस। आजको पात्रो : ३ पुस, १८ डिसेम्बर शनिबार । मार्गशीर्ष शुक्लपक्ष चर्तुदशी तिथि, रोहिणी नक्षत्र, साध्य योग,चन्द्रमा वृष राशिमा छ । शनिबार बिहान ९ः२५ देखि १०ः४३ सम्म राहुकाल छ भने ११ः४० देखि १२ः२१ सम्म अभिजित मुर्हूत छ ।

आज सूर्योदय बिहान ६ः५० मा हुनेछ भने सूर्यास्त १७ः५१ मा हुनेछ । शनिबारका दिन बिहान पिपलको रुखमा जल चढाउने गरिन्छ ।

नवग्रहमा सबैभन्दा विध्न गर्ने शनि ग्रह भएकाले शनिबारका दिन सूर्य र पिपललाई जल चढाउनेले व्यक्तिको ग्रहको दोष हट्ने शास्त्रीय मान्यता छ । आजको देवता सावित्री र ग्रहदेप शुक्र छ । त्यसैले शनिबारका दिन घरगृहस्थका काम गरेर समय बिताउनु उत्तम हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथँ सहयोगले तपाईँका कार्ययोजना सफल हुनेछन् ।यात्राबाट फाइदा हुनेछ । त्यसैले आज यात्राका लागि सूर्योदय पछि मात्र निस्कनु बेस हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अर्थ लाभ हुनेछ । ब्यापारको कामबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुवैको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । बिहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएकाे भए पनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट आर्थिक लाभ समेत हुनसक्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):तपाईको आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्री जातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राका अवसर र सम्भावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दापछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईँलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै तपाईँलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : देवालय र शिवालयको यात्राले तपाईँलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईँको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्यात्मिक कार्यमा आजको दिन खर्च गर्नुहोला । आजको दिन अध्ययनअध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईँका लागि आजको दिन आफन्तजनसँगको यात्राले खुसियाली छाउने छ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट आत्मिक शक्ति प्राप्त हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्