nepal ahile circle final NEW

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति

भैरहवा, २ पुस। लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट, फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

 

स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल आएन । बरू सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्