nepal ahile circle final NEW

गाडीको ठक्करबाट पोथी चितुवाको मृत्यु

गाडीको ठक्करबाट पोथी चितुवाको मृत्यु

मुग्लिन। इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ। मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताए। माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

एघार घण्टापछि सडक सञ्चालनमा

पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मङ्गलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका–४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् । रासस

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्