आर्थिक विकासका लागि डिजिटल रुपान्तरण आवश्यक: मन्त्री शर्मा

सरकारले सांसद् विकास कोषको रकम  भूकम्प  प्रभावित क्षेत्रमा खर्चिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, नेपालको आर्थिक विकासका लागि डिजिटल रुपान्तरण आवश्यक रहेको बताएकी छन् ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डको आठौँ सस्करणलाई सबोधन गर्दै मन्त्री शर्माले डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आर्थिक विकासका आधार बन्न सक्ने बताइन् ।

त्यसका लागि सरकार आवश्यक नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न लागेको बताएकी उनले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा लिएको दाबी गरिन् ।

‘हामीले अन्य उद्योगधन्दा खोल्यौँ भने आजको आजै विश्वसँग प्रतिष्पर्धा गर्न सक्दैनौं तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ। यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारको रुपमा स्थापित गर्न अब सामान्य सुधारले होइन यस क्षेत्रमा डिपार्चर नै गर्नुपर्छ भन्ने सरकारको मान्यता छ ’ उनले भनिन् ।

यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको उनले बताइन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्